Showing posts with label petrol. Show all posts
Showing posts with label petrol. Show all posts

Wednesday, January 18, 2012

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ को मूल्यवृद्धि गरेको छ । उपभोक्ताले इन्धनको अभाव झेलिरहेका बेला निगमले मूल्यवृद्धि गरेको हो ।

खाना पकाउने ग्यासमा प्रति सिसिलण्डर १ सय ७५ रुपैयाँ, पेट्रोलमा प्रति लिटर १० रुपैयाँ तथा डिजेल र मटि्टतेलमा प्रति लिटर ९ रुपैयाँको दरले मूल्यवृद्धि गरिएको निगमका प्रवक्ता मुकुन्द ढुंगेलले ईकान्तिपुरलाई बताए । यसअघि खाना पकाउने ग्यासको प्रति सिलिण्डिर १ हजार ३ सय २५ रुपैयाँ रहेकोमा अब उपभोक्ताले १ हजार ५ सय तिर्नुपर्ने हुन्छ । त्यस्तै पेट्रोल प्रति लिटर १ सय ५ रुपैयाँ रहकोमा १ सय १५ रुपैयाँ पुगेको छ । ७६ रुपैयाँ प्रतिलिटर रहेकोमा डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ पुगेको छ ।

त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर १ सय रुपैयाँमा बढाएर १ सय ५ रुपैयाँ पुर्‍याइएको छ ।

पूरानो मूल्य अनुसार मासिक १ अर्ब ७८ करोड ३१ लाख रुपैयाँ घाटा रहेको निगमले जनाएको थियो । महँगोमा किनेर सस्तोमा बेच्नुपर्दा भएको घाटा कम गर्न मूल्यवृद्धि गरिएको बताइएको छ ।